Comments Add Comment

Advertisment

SKIP THIS

इजरेली जेलबाट भागेका दुई प्यालेस्टाइनी कैदी गिरफ्तार

३ असोज , काठमाडौ । इजरेलको सुरक्षा बलले भागेका दुईजना प्यालेस्टाइनी कैदीलाई गिरफ्तार गरेको छ । आइतबार उनीहरुलाई गिरफ्तार गरिएको समाचार एजेन्सी रोयटर्सले जनाएको छ ।

 

केही हप्ता अगाडि इजरेली जेलबाट ६ जना प्यालेस्टाइनी कैदी फिल्मी शैलीमा भागेका थिए । उनीहरुमध्ये ४ जना यअसघि नै पक्राउ परिसकेका छन् ।

इजरेली जेलबाट प्यालेस्टाइनी कैदी भागेपछि इजरेली सुरक्षा संरचनाको बेइज्जत भएको थियो भने प्यालेस्टाइनमा खुशीयाली मनाइएको थियो।

इजरेली प्रहरीका कमिश्नर याकोभ शबताईले चरमपंथी संगठन ‘इस्लामिक जिहाद’ यी दुबैजनालाई प्यालेस्टाइनी सहर जेनिनको एक घरबाट पक्राउ गरिएको जानकारी दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै