Comments Add Comment

Advertisment

SKIP THIS

महानगरले अनामनगर क्षेत्रका अनधिकृत संरचनामा चलायो डोजर

७ असोज , काठमाडौँ । काठमाडौं महानगरपालिकाले अनामनगर र धोबीखोला नदी किनार क्षेत्रमा बनेका अनधिकृत संरचना भत्काउन सुरु गरेको छ । शुक्रबार महानगपालिकाले डोजरसहित पुगेर अनामनगर क्षेत्रका अवैध संरचना हटाएको छ ।

अनामनगरको अक्सिडेन्टल पब्लिक स्कुलले बनाएको अवैध संरचना भत्काएको छ । नक्साविपरीत बनेको पर्खालहरुमा महानगरपालिकाले डोजर चलाएको हो । महानगरपालिकाले केही हप्तादेखि अवैध संरचनाहरु हटाउन डोजर चलाउँदै आएको छ । सडक सीमा मिचेर बनाइएका अग्ला पर्खालसमेत महानगरले भत्काउन थालेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै