Comments Add Comment

Advertisment

SKIP THIS

ट्राफिक प्रहरी हवल्दार हरेराम खतिवडा बागमती प्रदेश भरिमै सर्वोत्कृष्ट प्रहरी घोषित

अस्थायी ट्राफिक प्रहरी पोष्ट दुधौली, सिन्धुलीमा कार्यरत प्रहरी हवल्दार हरेराम खतिवडा भदौ महिनामा बागमती प्रदेशकै सर्वोत्कृष्ट प्रहरी घोषित भएका छन् ।

बागमती प्रदेश प्रहरी कार्यालयले आफ्नो कार्यालय मातहत कार्यरत प्रहरी कर्मचारीको कार्यसम्पादनको आधारमा प्रहरी हवल्दार खतिवडालाई भदौ महिनाको सर्वोत्कृष्ट प्रहरी घोषणा गरेको हो ।                                                                         

प्रहरी हवल्दार खतिवडाले विभागिय मुल्य-मान्यता, आदेश-निर्देशनको पालना गर्दै अस्थायी ट्राफिक प्रहरी पोष्ट दुधौली सिन्धुलीको लागि जग्गा पाप्ति, स्थानीय निकायसंग समन्वय गरि सिसिटिभी जडान, चोरीका मोटरसाइकल नियन्त्रण गरि सम्बन्धित धनीलाई फिर्ता लगाएतका सडक सुरक्षा सवारी दुर्घटना न्यूनीकरणमा महवपूर्ण भूमिका निर्वाह गरि उत्कृष्ट कार्यसम्पादन गरेको हुनाले उनलाई भदौ महिनाको उत्कृष्ट प्रहरी घोषणा गरिएको बागमती प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआईजी) किरण बज्राचार्यले जानकारी दिइन् ।                                                                             

प्रहरी कर्मचारीहरुको मनोवल उच्च बनाउने तथा सम्पादित कार्यको उचित मूल्याङकन गर्दै बागमती प्रदेश प्रहरी कार्यालयले प्रदेशमा कार्यरत प्रहरीहरुमध्ये उत्कृष्ट कार्य गर्ने प्रहरीलाई हरेक महिनामा पुरस्कृत गर्दै आइरहेको डीआईजी बज्राचार्यले बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै