९ असोज , काठमाडौँ । छाउपडी प्रथाको अन्त्य कहिलेसम्म ? यसको नाममा गरिएको अर्बौं लगानी खेर गएको छ । यो सवै चल्तीका नोट , खल्तिमा योजना भएर नै यस्तो दुर्दशा ब्यहोर्नु परेको हो ।
सभामुखको कार्यकाल कहिलेसम्म ? उहाँहरु त रातो झन्डा हल्लाउंदै हिड्नुहुन्छ । ” निर्वाचन प्रकृया शुरु भइसकेकाले सभामुखले नैतिकताको आधारमा राजिनामा दिनुपर्छ । ” दमनाथ डुंगाना ” समानुपातिक सांसदको कार्यकाल सकिंदा अरुको बाँकी रहने हुँदैन ।” सुबासचन्द्र नेम्बाङ ” समानुपातिक बन्दसूची बुझाउने अघिल्लो दिन सभामुख पदबाट राजिनामा दिएर सरकारी सेवासुबिधा छोडेकी थिँए ।” ओनसरी घर्ती यसरी आगामी निर्वाचन घोषणा भइसकेको छ । प्रतिनिधिसभाको कार्यकाल सकिएर सांसदहरुले संसद सचिवालयबाट सफाइ पत्र लिइसकेका छन । तर, संघीय र प्रदेश सभाका सभासदहरु भने सरकारी सेवासुबिधा लिएर अझै ठाँट र रवाफकासाथ हिडिरहेको अवस्था छ । के यो देशमा कानुनै नभएको हो र ? अनि, सार्वजनिक पद धारणा गर्ने ब्यक्तिहरुमा नैतिक धरातलै नहुने हो ? जताततै बिरोधका आवाजहरु घन्किएका छन ।
प्रदेश १ को नामाकरण नहुने नै हो त ? बिपद ब्यबस्थापनमा हेलिकप्टर प्रयोग सान र ठाँट देखाउन मात्र ! सम्बन्धित ठाउँमा नपुगी फर्किन्छन सरकारी निकाएहरु । डा गोबिन्द केसीले तोडे अन्सन । ” के अख्तियारको पुच्छर काटिएकै हो त ?” पूर्व आयुक्तहरु । किनकी भ्रस्टाचारका साना माछा जालभित्र ठूला माछा जाल बाहिर हुँदा हरेक संबैधानिक निकाएको काम हेर्दा ” तँ रोएर बस , म हाँसी रहन्छु भनेजस्तो पो छ !” २४ करोडका खाध्य परीक्षण भ्यान ४ वर्षदेखि अलपत्र । कसले दिने चासो ? यता राजनीतिक गर्मागर्मी चरमोत्कर्षमा पुगेको छ । हरेक दलहरु अहिले आ- आफ्नै तनावमा डुबिरहेका छन । गठबन्धन दलभित्रै टिकट बाँडफाडको विषयलाई लिएर एकाआपसमा शंकाको दृष्टिकोणबाट हेर्न थालिएको छ एकातिर भने अर्कोतिर नेपाली काँग्रेसमा सेखर पक्षले आफुले भनेजति टिकट नपाए विद्रोह गर्ने चेतावनी दिएको छ ।
अर्कोतिर प्रचन्ड र बाबुराम मिलेर अर्को जनयुद्वको आवश्यक भइसक्यो भनेर सार्वजनिक रुपमा प्रचारवाजी गर्नाले नेपालको राजनीतिमा तरङ फैलिएको छ । ” दस वर्ष सारा जनताको चुलो निभ्यो, कयौं आमाका काख रित्तिए, कयौं नारीका सिंधुर पुछिए, कयौं बालबच्चाहरु टुहुरा भए , कति पुल, कुला कुलेसाहरु भत्किए, देश कयौं वर्ष पछाडी धकेलियो र पनि जनताले सहेकै थिए । अब फेरि उस्तै आन्दोलनको परिकल्पना गर्दा के आगामी निर्वाचनमा जनताद्वारा धुलो चाटिने डर र त्रास मनमा भएरै हो कि , कतै झुक्किएर यात्रा समाजवादको तय गर्ने नै हो ? सायद, तपाइहरु झुक्किए पनि अब नेपाली जनता झुक्किदैनन ।


