१२ असोज , काठमाडौँ । काठमाडौँ महानगरपालिकालाई ६ वटा गंभिर पश्न उठेको छ ।
पछिल्लो समय काठमाडौँ महानगरपालिकामा अवैध संरचना हटाउन नाममा मेयर बालेन्द्र शाहले डोजर आंतक फैलाउनुभएको भनि आम जनतामा मात्र नभई संघीय सरकार तथा अदालतले समेत रोक्न निर्देशन दिइरेको छ । जसमा मेयर शाहले भने आफ्नो अभियान निरन्तर रहने भनि उदघोष गर्नुभएको छ । तर अदालत दर्जनौं पत्र पठाएपछि मेयर शाह हच्किन बाध्य हुनुभएको छ ।
यसै सवालमा पछिल्लो समयमा महानगरपालिकाले चलाएका अभियान, फोहोर व्यवस्थापन, डेंगु नियन्त्रण, फुटफात व्यवस्थापन लगायतका प्रगतिको बारेमा काठमाडौँ महानगरपालिकालाई ६ वटा गंभिर पश्न उब्जिएको छ ।
जनताको महानगरपालिकालाई ६ प्रश्नहरु:-
१. स्रोतमै फोहोर व्यवस्थापन गर्ने काम कति पूरा भयो ? कि अझ सुरु हुन बाँकी छ ?
२. पुर्वाधार योजना एम्बुलेन्सले अझै काम गरिरको छ कि थन्किसक्यो ?
३. डेङ्गु नियन्त्रण कसरी भइरहेको छ ?
४. कल सेन्टरको काम के भइरहेको छ ?
५. फुटपाथ व्यवस्थापन कसरी गरीएको छ ?
६. निशुल्क शौचालयको अभियान कसरी संचालन भइरहेको छ ?



