२३ असोज , काठमाडौ । नेकपा एमालेले काठमाडौंका १० मध्ये ८ वटा प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन क्षेत्रका उम्मेदवार टुंगो लगाएको छ ।
जस अन्र्तगत उत्तरी काठमाडौंका नेता श्याम घिमिरेलाई क्षेत्र ७ ख मा प्रदेश सांसदको टिकट प्रदान गरेको हो ।
तारकेश्वर नगरपालिका ३ निवास घिमिरे पुराना कम्युनिष्ट नेता हुन । काठमाडौं ७ (२) मा तारकेश्वर नगरपालिकाका ३,४,५ र नागर्जुन नगरपालिकाका १,२,३ वडा रहेका छन । स्थानिय निर्वाचनमा ३० जनप्रतिनिधी मध्ये २४ जना जनप्रतिनिधी एमालेले जितेको यस प्रदेश सभा निर्वाचन क्षेत्र एमालेको बलियो क्षेत्र हो ।



