Comments Add Comment

Advertisment

SKIP THIS

प्रभु साहले गठबन्धनसँग साँठगाँठ गरेको एमाले महासचिवको दावी

२६ असोज , काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले प्रभु साहले गठबन्धनका नेताहरुसँग साँठगाँठ गरेर एमालेमाथि षड्यन्त्र गरेको आरोप लगाएका छन् ।

पोखरेलले बुधबार जारी गरेको वक्तव्यमा प्रभु साहले जसपासँगको तालमेलप्रति आफू असहमत रहेको भनी दिएको अभिव्यक्ति गलत रहेको भन्दै जसपासँगको तालमेलको बैठकमा साह सहभागी रहेको दावी गरेका छन् ।

पोखरेलले वक्तव्यमा भनेका छन्, ‘यस प्रकारको छलछाम गठवन्धनका नेतासंगको षडयन्त्रपूर्ण साठगाँठनै हो । रौतहटका जनताले यस षडयन्त्रलाई राम्ररी नै बुझेका छन् । मधेस प्रदेशमा नेकपा एमाले र जसपा वीचमा भएको सहकार्य र तालमेललाई पूर्ण रुपमा सफल बनाउ ।’

महासचिव पोखरेलले राजनीतिमा यस प्रकारण्को षडयन्त्रलाई असहमतिको जामा लगाउनुको अर्थ नहुने भन्दै रौतहटका जनताले राम्ररी बुझेको दावी गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै