Comments Add Comment

Advertisment

SKIP THIS

त्रिभुवन आर्मी क्लबकी जयरानीले तोडिन् आफ्नै कीर्तिमान

३१ असोज , काठमाडौँ । पोखरामा जारी नवौं राष्ट्रिय खेलकुदअन्तर्गत त्रिभुवन आर्मी क्लबकी जयरानी थारुले आफ्नै कीर्तिमान तोड्दै डबल स्वर्ण जित्न सफल भएकी छन् ।

यसअघि ४०० मिटर हर्डल्समा नयाँ कीर्तिमानसहित स्वर्ण जितेकी थिइन् । सोमबार उनले एथ्लेटिक्सको महिलातर्फ १०० मिटर हर्डल्समा पनि स्वर्ण जितेकी हुन । जयरानीले दुईटै खेलमा नयाँ राष्ट्रिय कीर्तिमानसहित स्वर्ण पदक जित्न सफल भएकी हुन् ।

पोखरा रंगशालामा भएको खेलको हिट चरणमा १५.१६ सेकेन्डको कीर्तिमान बनाएकी जयरानीले सोमबार बिहानै भएको फाइनलमा १५.६९ सेकेन्ड खर्चेर पनि स्वर्ण पदक जितेकी छन् ।

आइतबार भएको खेलमा जयरानीले ४०० मिटर हर्डल्समा निर्धारित दूरी १ मिनेट ०४.१३ सेकेन्डमा पूरा गरेर कीर्तिमानसहित स्वर्ण जितेकी हुन् ।

यस्तै, १ मिनेट ०६.०६ मा पूरा गरेकी एपीएफकी भागिरथीकुमारी थारुले रजत पदक जितिन् भने एपीएफकै कल्पना श्रेष्ठले १ मिनेट ०६.५१ सकेन्ड खर्चंदै कास्य पदक जितेकी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Young Voices, Green Choices: Kamal Pokhrel Ignites Earth Day Action in Chandragiri Ward-13

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै