Comments Add Comment

Advertisment

SKIP THIS

लजमा गोप्य क्यामेरा राखेर भिडियो खिच्ने म्यानेजर पक्राउ

४ कात्तिक , काठमाडौं । बाँसवारीस्थित बाँसवारी रेष्ट्रो क्याफे एण्ड लजमा बस्न आउने पाहुनाहरुको गोप्य रुपमा अश्लिल भिडियो रेकर्ड गर्ने त्यहीका म्यानेजर पक्राउ परेका छन् । प्रहरी बृत्त महाराजगञ्जबाट खटिएको टोलीले सोही लजका म्यानेजर मुकेश मालीलाई पक्राउ गरेको हो ।

उनले गोप्य रुपमा मोबाइल कोठामा लुकाएर यसरी भिडियो रेकर्ड गर्दै आएको खुलेको छ । भिडियो खिच्न प्रयोग गरिएको आइफोन १२ प्रो म्याक्स मोबाइल पनि प्रहरीले बरामद गरेको छ ।

माली उपर मुलुकी अपराध संहिता २०७४ को परिच्छेद–५ को ‘सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकता विरुद्धका कसूर’ अन्तर्गत दफा ११८ ‘अभद्र व्यवहार गर्न नहुने’ मुद्दामा श्री जिल्ला प्रशासन कार्यालय, काठमाण्डौबाट दिन–५ को म्याद थप अनुमति प्राप्त भई प्रहरी बृत्त महाराजगञ्जबाट थप अनुसन्धान भई काठमाडौं परिसरका एसपी दिनेशराज मैनालीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै