Comments Add Comment

Advertisment

SKIP THIS

राष्ट्रपतिको विरोधमा ब्राजिलमा हजारौँको प्रदर्शन

१७ असोज , काठमाडौ । राष्ट्रपति जैर बोल्सोनारोका कारण महामारी नियन्त्रण हुन नसकेको, भ्रष्टाचार बढेको लगायतको आरोप लगाउँदै ब्राजिलमा हजारौँले विरोध प्रदर्शन गरेका छन् ।

ब्राजिलको विपक्षी दल र ट्रेड युनियनको संयुक्त आयोजनामा गरिएको प्रदर्शनमा हजारौँ नागरिक उपस्थित भएका छन् ।

राष्ट्रपति बोल्सोनारोको लापर्बाहीले लापरबाही गर्दा कोरोना भाइरसको सङ्क्रमणबाट ६ लाखभन्दा धेरैको ज्यान गएको उनीहरुको आरोप छ ।

ब्राजिलको रियो दि जेनेरियोसहितका १ सय ६० शहरमा एकैसाथ भेला भएका प्रदर्शनकारीहरुले राष्ट्रपतिले तत्काल पदत्याग गर्नुपर्ने नारा लगाएको बीबीसीले जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै