Comments Add Comment

Advertisment

SKIP THIS

रसुवामा बस दुर्घटना हुदाँ ९ यात्रु घाइते

१३ कार्तिक , काठमाडौं । रसुवाको जिवजिवेबाट काठमाडौंतर्फ गइरहेको बस दुर्घटना भएको छ ।

कालिका गाउँपालिका–३ मा कालिकास्थानमा भएको दुर्घटनामा ९ जना घाइते भएका हुन् । घाइतेको नुवाकोट जिल्ला अस्पताल त्रिशूली र काठमाडौको ट्रमा सेन्टरमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

बस अनियन्त्रित भई कालिकास्थान मुनिको घुम्तीमा दुर्घटना भएको हो । बसमा तिहार मनाएर नुवाकोट र काठमाडौं जांदै गरेका यात्रु रहेको बताइएको छ ।

प्रहरीले बसका सहचालकलाई नियन्त्रणमा लिएको छ । चालक भने दुर्घटनापछि फरार रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै