Comments Add Comment

Advertisment

SKIP THIS

खोले पकाउने क्रममा सल्किएको आगोले घर जल्यो , पाँच लाख बराबरको सामान नष्ट

१५ कार्तिक , काठमाडौं । गाईवस्तुका लागि खोले पकाउने क्रममा सल्किएको आगोले खोटाङमा एक घर जलेको छ । घर नजिकैको मतानमा खोले पकाउने क्रममा बालेको आगोबाट सुरु भएको आगोले जन्तेढुंगा गाउँपालिका-५ चिसापानी भोर्लेका रवीन राईको मतानका साथै घर पनि जलेको हो ।

आगोले घरको माथिल्लो तलामा राखिएको काठपातसहित करिब पाँच लाख बराबरको सामान नष्ट भएको प्रहरीको भनाइ छ । प्रहरी र स्थानीयबासीले आगो नियन्त्रणमा लिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै