१५ कार्तिक , काठमाडौं । मंसिर ४ गते हुने प्रतिनिधि तथा प्रदेश सभा निर्वाचन लक्षित नेकपा एमालेले मंगलबार आफ्नो चुनावी घोषणापत्र सार्वजनिक गर्दै पूर्व-पश्चिम विद्युतीय रेलमार्ग सञ्चालनको योजना अघि सारेको छ ।
एमालेले देशका विभिन्न भागमा रेल यातायात सञ्चालन गर्ने योजना समेटिएको छ । घोषणापत्रमा भनेको छ, ‘निर्माणाधीन पूर्व–पश्चिम रेलमार्गको बर्दिवास–निजगढ खण्डको निर्माण कार्य सम्पन्न गरी रेल सञ्चालन गरिने छ । निजगढ–बुटवल खण्डको निर्माण कार्य अघि बढाइने छ ।’







