Comments Add Comment

Advertisment

SKIP THIS

लागत कटौती गर्न ट्वीटरका आधा कर्मचारी कटौती गर्दै मस्क

१७ कार्तिक , काठमाडौं । विश्व प्रसिद्ध धनाढ्य एलोन मस्कले लागत घटाउनको लागि ट्विटर इंकमा आधा कार्यबल कटौती गर्ने योजना बनाएको छ।

मस्कले सुरुमा ३७ सय कार्यबल कटौती गर्न लागेको सो विषयसँग सम्बन्धित व्यक्तिहरुलाई उदृत गर्दै सो समाचार संस्थाले जनाएको छ। विवरणअनुसार ट्वीटरका नयाँ मालिकले शुक्रबार प्रभावित कर्मचारीलाई जानकारी दिनेछन्।

यसअघि ट्विटरका एकमात्र निर्देशक र सीईओ मस्कले आफ्ना अन्य कम्पनीका कर्मचारीहरूलाई सामाजिक सञ्जाल काम गर्न अख्तियार प्रदान गरेको विवरण सार्वजनिक भएको थियो। यसमा टेस्लाका ५० कर्मचारीहरू समावेश छन्।

मस्कले यही अक्टोबर २८ मा ट्वीटरको ४४ बिलियन डलरको अधिग्रहण पूरा गरेका थिए। पछिल्लो अधिग्रहणसँगै अर्बपति मस्कले सामाजिक सञ्जाल कम्पनीलाई आफूले प्रमुख वा सह-स्थापना गरेका कम्पनीहरूको सूचीमा थपेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै