Comments Add Comment

Advertisment

SKIP THIS

यू १५ महिला साफ च्याम्पियनसिपमा आज नेपाल र भुटान भिड्दै

१७ कार्तिक , काठमाडौं । बंगलादेशमा जारी यू १५ महिला साफ च्याम्पियनसिपमा आज नेपाल र भुटान भिड्दैछन् । अपराह्न सवा ४ बजे सुरु हुने खेल अघि प्रशिक्षक भगवती रानाले नेपालको प्लेईङ सेट सार्वजनिक गरेकी छिन् ।

भुटानविरुद्ध कप्तान दीपा रोकायाले नेपालको अग्रपङ्क्तिको जिम्मेवारी पाएकी छिन् । यसैगरी गोलपोष्टको जिम्मेवारी सुजाता तामाङलाई दिइएको छ । ढाकामा हुने खेलमा विजयी हुँदै नेपाल प्रतियोगितामा सुखद् सुरुवात गर्ने लक्ष्यमा छ । उपाधि जित्ने लक्ष्यसहित ढाका पुगेको नेपालले पहिलो खेल खेल्न लागेको हो ।

यसअघि उद्घाटन खेलमा बंगलादेशले भुटानलाई ८-० अन्तरले पराजित गरेको थियो । डवल राउन्ड रोबिन आधारमा जारी प्रतियोगितामा तीन टोलीको सहभागिता रहेको छ । शीर्ष टोलीले उपाधि जित्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Young Voices, Green Choices: Kamal Pokhrel Ignites Earth Day Action in Chandragiri Ward-13

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै