Comments Add Comment

Advertisment

SKIP THIS

मोटरसाइकलको ठक्करबाट परराष्ट्रका अधिकृत आस्था सुब्बाको मृत्यु

१८ कात्तिक, काठमाडौं । परराष्ट्र मन्त्रालयका अधिकृत आस्था सुब्बाको मोटरसाइकलको ठक्करबाट मृत्यु भएको छ । बिहीबार साँझ हनुमानस्थानबाट अनामनगर चोकतर्फ जाँदै गरेको प्रदेश ३–०२–००८ प ३६१७ नम्बरको मोटरसाइकलले पैदल उनलाई ठक्कर दिएको थियो ।

दुर्घटनामा गम्भीर घाइते भएकी ३२ वर्षीया आस्थाको उपचारको क्रममा बागबजारस्थित काठमाडौं मोडल अस्पतालमा बेलुकी पौने ७ बजे मृत्यु भएको प्रहरी वृत्त सिंहदरबारले जनाएको छ ।

पैदलयात्रीलाई ठक्कर दिएर मोटरसाइकल समेत पल्टिदा चालक घट्टेकुलो बस्ने तनहुँको दमौलीका २४ वर्षीय मिलन राना घाइते छन् । उनको उपचार महाराजगञ्ज स्थित त्रिवि शिक्षण अस्पतालमा भइरहेको छ । आस्था परराष्ट्र मन्त्रालयको राष्ट्रसंघ महाशाखामा कार्यरत थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Young Voices, Green Choices: Kamal Pokhrel Ignites Earth Day Action in Chandragiri Ward-13

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै