Comments Add Comment

Advertisment

SKIP THIS

वाइसीएलका सचिव प्रचण्डका चुनावी कमाण्डर

२० कात्तिक, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा गोरखा–२ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार पुष्पकमल दाहाल ‘प्रचण्ड’को निर्वाचन कमाण्डर तोकिएको छ ।

निर्वाचन परिचालन अन्तरर्गत माओवादीका युवा संगठन योङ कम्युनिष्ट लिग (वाइसीएल)का केन्द्रीय सचिव सुदीप नगरकोटीले युवा परिचालन समितिको कमाण्डरको जिम्मेवारी पाएका छन् । त्यसैगरी वाइसीएलकै केन्द्रीय सदस्य धिरज उपरकोटीले सहकमाण्डरको जिम्मेवारी पाएका छ ।

गोरखा–२ मा प्रचण्ड सत्तारुढ गठबन्धनका साझा उम्मेदवार हुन् । प्रदेशसभा सदस्य गोरखा (क)मा माओवादीका फडेन्द्र देवकोटा र (ख)मा कांग्रेसका सुरेन्द्रराज पाण्डे उम्मेदवार रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै