२६ कात्तिक , काठमाडौं । गरेर फिर्ता बोलाइएको शर्माले जानकारी दिए ।
अस्पतालमा अहिले जाँचका लागि किट र उपचार प्रबन्धका लागि थप औषधिको आवश्यकता रहेको अस्पताल व्यवस्थापन समितिले जनाएको छ । यता बर्दिबास नगर कार्यपालिकाको कार्यालयको स्वास्थ्य शाखा प्रमुख सुरेश पासवान भने डेंगु नियन्त्रणका लागि प्रभावकारी काम गरिएको दाबी गर्छन । ‘हामीले डेंगु सार्ने लामखुट्टेको बासस्थान खोज गरेर लार्भा नष्ट गर्ने अभियान नै चलाएका छौँ’, उनले भने, ‘नगर बस्तीमा डेंगुविरुद्धको औषधि छर्कने काम गरिएको छ, सरसफाई सचेतनासम्बन्धी सघन काम गरिएका छन् ।’ डेंगु सार्ने ‘आडेस’ नाउँको लामखुट्टेको बासस्थान खोज गरी लार्भा नष्ट गर्ने र घरपरिवेश सरसफाइ गर्ने यस अभियानका मुख्य काम भएको पासवानको भनाइ छ ।
सरसफाइमा समुचित ध्यान नपुग्दा डेंगु फैलाउने ‘आडेस’ नाउँको लामखुट्टे अझै वृद्धि भएर सङ्क्रमण बढ्नसक्ने चिकित्सकको भनाइ छ । बर्दिबास नगरक्षेत्र पछिल्ला पाँच वर्षयता डेंगुको उच्च जोखिममा रहँदै आएको छ । पछिल्ला चार वर्ष फाटफुटमात्र डेंगु सङ्क्रमित भेटिए पनि २०७४ मा भने यसले यहाँ आतंक नै मच्चाएको थियो । विसं २०७४ को साउनदेखि असोजमध्यसम्म बर्दिबास नगरक्षेत्रमा नै ८४७ जनामा सङ्क्रमण पुष्टि भएको पूरानो अभिलेख उद्धृत गर्दै नगर कार्यपालिकाको कार्यालय बर्दिबासको जनस्वास्थ्य शाखाले जनाएको छ । त्यसयताका वर्षमा केहीकेही सङ्क्रमण पुष्टि हुँदै आएको बर्दिबासमा यसपालि भने केही महिनाभित्रै सङ्क्रमितको सङ्ख्या २४६ पुगेको नगर जनस्वास्थ्य शाखाका प्रमुख पासवान बताउछन् ।
पछिल्लोपटक नगरक्षेत्रमा डेंगु सङ्क्रमण बढ्दै गएपछि बर्दिबास नगरपालिका नेतृत्वले यसविरुद्ध सरसफाइ अभियान जारी राखिएको जनाएको छ । नगरका सबै (१४ वडा) वडामा वडाअध्यक्षको संयोजकत्वमा डेंगु सार्ने ‘आडेस’ लामखुट्टेका बासस्थान सरसफाइ गर्ने, लामखुट्टेका लार्भा नष्ट गर्ने र किटनाशक औषधि छर्ने अभियान नै थालिएको नगरप्रमुख प्रह्लादकुमार क्षत्रीले बताए । यद्यपि नगरका सर्वसाधारण भने औषधि छर्कने र आडेस लामखुट्टेका लार्भा नष्ट गर्ने अभियान प्रभावकारी सञ्चालन नभएको गुनासो गर्छन् ।







