Comments Add Comment

Advertisment

SKIP THIS

कैलालीका ५२ मतदान केन्द्र अतिसंवेदनशील सूचीमा

२ मंसिर , काठमाडौँ । सुदूरपश्चिम प्रदेशमा सबैभन्दा बढी निर्वाचन क्षेत्र भएको कैलालीको ५२ मतदान केन्द्र सुरक्षाको दृष्टिकोणबाट अति संवेदनशील सूचीमा परेका छन् ।

कुल ६ सय २९ मतदान केन्द्र रहेको जिल्लामा ५३ मतदान केन्द्रलाई सामान्य, १ सय ५३ मतदान केन्द्र संवेदनशील र ५२ मतदान केन्द्रलाई अति संवेदनशीलमा छुट्याइएको हो ।

मंसिर ४ को निर्वाचनलाई मध्यनजर गर्दै स्थानीय प्रशासनले मतगणनाको परिणाम घोषणासम्म विशेष सुरक्षा व्यवस्था लागू गरेको छ ।

अति संवेदनशील सूचीमा परेका केन्द्रमा स्थानीय प्रशासनले विशेष सुरक्षा व्यवस्था लागू गरेको कैलालीका प्रमुख जिल्ला अधिकारी किरन थापाले बताए । ‘जिल्लाभरमा ५ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन हुनेछन्’ उनले भने ।

जिल्ला सुरक्षा समितिको टोलीले कैलालीका ५ वटै निर्वाचन क्षेत्रको मतदान केन्द्रको सुरक्षा र अन्य तयारीको अनुगमन गरेर फर्केको उनले बताए । कैलालीमा निर्वाचनका लागि ५ हजार ५२ कर्मचारी, २ हजार ५ सय स्वयंसेवक परिचालन छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै