Comments Add Comment

माैन अवधिमा पैसा बाँडेको आरोपमा एमालेका प्रदेशसभा उम्मेदवारसहित तीनजना पक्राउ

मौन अवधिमा पैसा बाँडेको आरोपमा प्रहरीले काठमाडौंका प्रतिनिधिसभा निर्वाचन ५ अन्तर्गतको प्रदेशसभा (२) का एमाले उम्मेदवार दीपक निरौलासहित तीनजना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा प्रदेश सभा सदस्य निरौलासहित बूढानीलकण्ठ नगरपालिका– ६ का वडाध्यक्ष रवि खड्का र एमालेको बूढानीलकण्ठका नगरअध्यक्ष प्रदीप डंगोल छन् ।
शुक्रबार साँझ हात्तीगौंगास्थित युरो स्कुलनजिकैबाट उनीहरूलाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेका तीनैजनालाई प्रहरी प्रभाग बूढानीलकण्ठमा राखिएको छ ।

उनीहरूले पैसा बाँड्न लागेको सुराक पाएपछि प्रहरीले पिछा गरेको थियो । काठमाडौं– ५ बाट प्रतिनिधिसभामा प्रत्यक्षतर्फ एमाले नेता ईश्वर पोखरेल चुनावी प्रतिस्पर्धामा छन् । निरौला एमाले काठमाडौं जिल्ला कमिटीका अध्यक्षसमेत हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै