Comments Add Comment

Advertisment

SKIP THIS

दाङ-१ मा मतान्तर बढाउँदै मेटमणि चौधरी

६ मंसिर , काठमाडौं । दाङ क्षेत्र नम्बर १ मा एकीकृत समाजवादीका मेटमणि चौधरीले अग्रता बढाउँदै लगेका छन् । उनले नेकपा एमालेका शान्ता चौधरीलाई ७ सय ३५ मतले पछि पारेका छन् ।

पछिल्लो मतपरिणाम अनुसार प्रतिनिधिसभातर्फ मेटमणिले २ हजार ३६ मत पाएका छन् । उनका निकटतम् प्रतिद्वन्दी एमालेका शान्तले १ हजार ३०१ मत पाएका छन् ।

दाङ १ मा मेटमणि र शान्ता पूर्वसहकर्मी भएकाले उनीहरूबीचको प्रतिस्पर्धालाई चासोका साथ हेरिएको छ । नेकपा एमाले विभाजन भएपछि मेटमणि माधव नेपाल नेतृत्वको एकीकृत समाजवादीमा लागेका थिए । २०७४ को प्रतिनिधि सभा निर्वाचनमा उनी दाङ १ बाट विजयी भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै