Comments Add Comment

Advertisment

SKIP THIS

माओवादीको पहिलो जित, सिन्धुलीका दाहाल विजयी

७ मंसिर , काठमाडौँ । यो निर्वाचनमा अपेक्षित नतिजा ल्याउन नसकेको माओवादी केन्द्रले पहिलो जित दर्ता गरेको छ । प्रतिनिधिसभामा सिन्धुली २ बाट माओवादीका लेखनाथ दाहाल राजन विजयी भएका छन् । माओवादीले देशभरका निर्वाचन क्षेत्रमध्ये १६ सिटमा अग्रता बनाएको छ ।

उनले एमालेका उम्मेदवारलाई फराकिलो मतले पराजित गरेका छन् । दाहालले २७५१७ र उनका प्रतिस्पर्धी एमालेका मनोजजंग थापाले २१६८७ मत ल्याए ।राष्ट्रिय स्वतन्त्र पार्टीका अनोजकुमार दाहालले १५५३ र राप्रपाका भिष्मराज श्रेष्ठले १३४० मत ल्याए ।

सिन्धुलीमा सत्तागठबन्धन थियो । सिन्धुली १ मा कांग्रेसले पाएको छ । सो क्षेत्रमा कांग्रेसका श्याम घिमिरेले एमालेका प्रदीप कटुवाललाई पछि पारेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै