Comments Add Comment

Advertisment

SKIP THIS

अवैध लागूऔषध गाँजा सहित पक्राउ

८ मंसिर , काठमाडौँ । पोखरा महानगरपालिका-३० पावरहाउस चोकबाट अवैध लागूऔषध गाँजा करिब १ केजी सहित धादिङ त्रिपुरासुन्दरी गाउँपालिका-५ सल्यानकोट घर भई हाल कास्की पोखरा महानगरपालिका-१४ चाउथे बस्ने २२ वर्षीय राजन खत्रीलाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ ।

वडा प्रहरी कार्यालय गगनगौडाबाट खटिएको प्रहरीले भैरहवाबाट पोखरातर्फ जाँदै गरेको लु.१ ख ४१९५ नम्बरको बसलाई जाँच गर्ने क्रममा बसमा सवार खत्रीको झोलामा लुकाई ल्याएको उक्त गाँजा फेला पारी उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

अवैध लागूऔषध गाँजा सहित पक्राउ

लागुऔषध गाँजा सहित पक्राउ

Advertisment

छुटाउनुभयो कि? सबै

लागुऔषध गाँजा सहित पक्राउ

अवैध लागूऔषध गाँजा सहित पक्राउ