Comments Add Comment

Advertisment

SKIP THIS

मतगणना हुन नसकेको क्षेत्रमा आयोगले पठायो प्रतिनिधि

९ मसिर , काठमाडौं । मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मतगणना सुरू हुन नसकेका क्षेत्रमा निर्वाचन आयोगले प्रतिनिधि पठाएको छ ।

मतदान सम्पन्न भएर मतगणना सुरु नभएका क्षेत्र दोलखा, स्याङ्जा–२ र बाजुरामा आयोगले प्रतिनिधि पठाएको हो । नेकपा एमालेले निर्वाचन धाँधली भएको भन्दै उजुरी दिएकोले यी क्षेत्रमा मतगणना सुरू भएका छैनन । निर्वाचन अपारदर्शी भएको आरोप लगाउदै यस क्षेत्रमा एमालेले पुन मतदानको माग गरेको छ ।

निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्माले मतगणना सुरू नै नभएका क्षेत्रमा सत्यतथ्य बुझ्न आयोगले प्रतिनिधि पठाएको बताए । आयोगका अनुसार मतदान नै स्थगित भएको बाजुरामा भने शनिबार मतदानका लागि समय दिइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै