Comments Add Comment

Advertisment

SKIP THIS

डिआइजीविरुद्ध हेडक्वार्टरमा उजुरी

१३ मंसिर , काठमाडौँ । लुम्बिनी प्रदेशका डिआइजी नलप्रसाद उपाध्यायविरुद्ध मातहतका प्रहरीले प्रहरी प्रधान कार्यालया उजुरी गर्न थालेका छन् । लाइन नबुझाएको आरोपमा दुःख दिन थालेको भन्दै उनीहरुले आफ्नै हाकिमविरुद्ध मौखिक उजुरी दिन थालेको स्रोतले दृष्टिलाई बताएको छ ।

डिआइजी उपाध्यायले सीमा चौकीका इन्चार्जदेखि जिल्ला प्रहरी प्रमुखसम्म लाइन मागेको स्रोत बताउँछ । यसरी नबुझाउने कतिपयलाई कारबाहीको धम्की दिदै आएका छन् ।

आइतबार डिआइजी उपाध्यायले प्रदेशभरीका इन्चार्जहरुलाई भेट्न बोलाएका थिए । जुन भेटमा उनले चुनावमा आएको बजेटबाट बचेको केही रकम बुझाउन भनेको एक अधिकृत बताउँछन् । कमाउने अधिकृतहरु उनको निर्देशनबाट हौसिएका छन् भने इमान्दारहरु पीडित बनेका छन् । कपितय लेखापालहरु समेत डिआइजीबाट पीडित बनेको स्रोत बताउँछ ।

सीमा नाकामा डिआइजी उपाध्याय आफैंले इन्चार्जहरु खटाएका छन् । सुरु सरुवामै एडभान्स पैसा उठाउने गरिएको आरोप छ । त्यसरी खटिएकाहरुको ध्यान नै कमाउनेमा हुने भएकाले सीमा क्षेत्रमा तस्करी मौलाएको छ । पश्चिम नवलपरासीदेखि बर्दियासम्मका नाकामा बेथिती बढेको छ । यसरी कमाएको पैसाले नै एआइजी हुने भन्दै डिआइजी उपाध्यायले प्रदेशमा आतंक मच्चाएको स्रोतले बताएको छ ।

उता चुनावको नजिता नआउँदै गृह मन्त्रालयले एआइजी बढुवाको गृहकार्य अघि बढाएको छ । चुनावमा पराजीत भएका गृहमन्त्री बालकृष्ण खाणले बढुवा प्रक्रिया अघि बढाएको गृह स्रोतले बताएको छ । छिट्टै मन्त्री पदबाट हट्नुपर्ने भएपछि उनले आफ्नै कार्यकालमा एआइजी बढुवा गर्न लागेका छन् । त्यसका लागि निर्वाचन आयोगसँग समेत सहमति लिइसकेको स्रोत बताउँछ ।

एआइजीका हाल चार सिट रिक्त छन् जसमा १६ जना डिआइजी प्रतिस्पर्धामा छन् । सिनियर टोलीबाट नलप्रसाद उपाध्याय, मोहन आचार्य, मसउन आलम खाँ छन् । उनीहरु कार्यक्षमतामा कमजोर भएकाले बढुवा हुने सम्भावना कम छ ।

त्यस्तै, नयाँ टोलीबाट बसन्तबहादुर कुँवर, अशोक सिंह, टेकप्रसाद राई, दीपक थापा, श्यामलाल ज्ञवाली, उमेशराज जोशी, किरण बज्राचार्य, सन्दीप भण्डारी, रामदत्त जोशी, मिरा चौधरी, किरण राणा, दुर्गा सिंह, भिम ढकाल लगायत प्रतिस्पर्धामा छन् । अहिले बढुवा हुने चैतमा आइजिपीको दाबेदार हुने भएकाले यो बढुवामा ठूलै संघर्ष हुने देखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Young Voices, Green Choices: Kamal Pokhrel Ignites Earth Day Action in Chandragiri Ward-13

Advertisment