Comments Add Comment

Advertisment

SKIP THIS

प्रहरी संगठनमा ‘काबिल’ अधिकृतका रुपमा परिचित दिवेश लोहनीले उपत्यकाको कमान्ड सम्हाले

काठमाडौं उपत्यका प्रहरी कार्यालय प्रमुखको रुपमा काज सरुवा भएका प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) दिवेश लोहनीले पदभार ग्रहण गरेका छन् । एआईजी लोहनीले पदभार ग्रहण पश्चात उपस्थित प्रहरी कर्मचारीहरूलाई समसामयिक विषयमा आवश्यक निर्देशन समेत दिएका छन् ।                                                                                       

नेपाल प्रहरी संगठनमा राम्रो छबि बनाउन सफल एआईजी लोहनीले यसअघि विभिन्न महत्वपुर्ण स्थानमा रहेर उल्लेख्य कार्य गरिसकेका छन् । विशेष गरेर अपराध अनुसन्धान सम्बन्धी राम्रो ज्ञान भएका उनले अपराध अनुसन्धानको क्षेत्रमा विभिन्न चर्चित अपराधका घटनाहरुमा अनुसन्धानको नेतृत्व गर्नु भई सफलता हसिल गरेका छन् । यसैगरी उनले विभिन्न जिल्ला प्रहरी कार्यालयहरुमा समेत सफल नेतृत्व निर्वाह गरिसकेका छन् ।                                                                                 

उपत्यकामा अपराधिक क्रियाकलाप पनि मौलाउँदै गएको अवस्थामा सरकारले उपत्यकाका लागि एआईजी लोहनीलाई खटाएको हो । ‘काबिल’ अधिकृतका रुपमा परिचित लोहनीले उपत्यकाको कमान्ड सम्हाले सँगै उपत्यकाभित्रको सुरक्षा व्यवस्थाको चुस्तता र आपराधिक क्रियाकलापलाई निमिट्यान्न पार्ने जिम्मेवारीसमेत थपिएको छ ।

एआईजी लोहनी नेपाल प्रहरीको इतिहासमा उपत्यकाका अपराध महाशाखाको प्रमुख जिम्मेवारी सम्हालेका अधिकृत पनि हुन् । यसैबाट पनि उनको क्षमता, दक्षता अनि कमाण्ड पुष्टी हुन्छ । एआईजी लोहनी उपत्यका अपराध महाशाखाको जिम्मेवारी लिई उत्कृष्ट कार्यसम्पादन गरिसकेका उपत्यकाको वस्तुस्थितिबारे पूर्ण जानकार छन् ।                                                                                         

एआईजी लोहनीलाई पछिल्लो समय उपत्यकामा संगठीत रुपमै अवैध जुवा, मिटरब्याज, सहकारीको नियोजित ठगी, संगठित रुपमा सुुन तस्करी, वेश्यावृत्तिको र्याकेट, क्लब र डिस्कोथेकमा दिनहुँ बाउन्सरबाट गेस्टको रामधुलाई जस्ता अपराधको जालो च्यात्न चुनौति पनि देखिएको छ ।                                                                                         

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै