
२५ असोज ,काठमाडौ । चर्चित हास्य कलाकार मनोज गजुरेलले दोस्रो विवाहको विषयमा ट्रोल तथा नकारात्मक टिप्पणी नगर्न आग्रह गरेका छन् ।

बाबुनानीको आग्रह पनि यस्तै आउन थाल्यो । यसै क्रममा नेपाल सरकारको न्याय सेवाकी अधिकृत मन्जु पोखरेलजीसँग मेरो चिनजान हुनपुग्यो’ उनले अगाडि थपेका छन् ‘बिस्तारै हाम्रो घनिष्टता बढ्न थाल्यो । एकैखालको परिवेश र उस्तै खालको भोगाईबाट गुज्रिएका हामी अन्ततः सहयात्रा गर्ने निर्णयमा पुग्यौं ।’


गजुरेलले विवाहको विषयमा विभिन्न नकारात्मक समाचारसमेत नबनाउन मिडियामा अनुरोध गरेका छन् । उनले अगाडि भनेका छन् ‘सम्पूर्ण मिडियाकर्मी साथीहरुलाई सादर अनुरोध छ– कृपया मेरो व्यक्तिगत जीवनका बारेमा काल्पनिक समाचार नलेखिदिनुहोला । मञ्जुजीको इज्जत र प्रतिष्ठामा आँच आउने अमर्यादित कथा नकथिदिनुहोला । हाम्रा सन्तानको सुख र शान्तीका लागि परपीडक ट्रोल र भिडियो नबनाईदिनु होला ।’

पहिलो विवाह र डिभोर्स
२०५३ मा मीना ढकालसँग प्रेम विवाह गरेका मनोजले ढकालसँगको बैबाहिक सम्बन्ध गत २०७४ मा आपसी सहमतिमा सम्बन्ध बिच्छेद मार्फत टुङ्याएका थिए । मनोज र मीनाका एक छोरा र एक छोरी गरेर दुई सन्तान रहेका छन् । सम्बन्ध विच्छेदपछि गजुरेल बालकोटस्थित घरमा छोराछोरीसँगै बस्दै आएका छन् भने मीना नयाँ बानेश्वरमा बस्छिन् । मीना फेसन डिजाइनर पनि हुन् । उनले लामो समय बुटिकसमेत सञ्चालन गरेकी थिइन् । मीनासँगको सम्बन्ध विच्छेद पछि सम्बन्धलाई लिएर मनोज चुप बसेका थिए भने मीना भने मनोजलाई विभिन्न आरोप लगाउँदै मिडियामा चर्चामा छाउने गर्दछिन् ।

०५२ सालमा पहिलो पटक भेटेका मनोज र मीनाले प्रेमपछि २०५३ वैशाखमा काठमाडौंकै एक मन्दिरमा विवाह गरेका थिए । विवाह समयमा गजुरेल २२ वर्षका थिए भने उनी १९ वर्षकी थिइन् ।

दोस्रो विवाहको चर्चा
२०७४मा सम्बन्ध बिच्छेदमार्फत् मीनासँगको सम्बन्ध टुङ्ग्याएका मोनोजको २०७७ मंसिरमा दोस्रो विवाहको चर्चा चलेको थियो । सो समय उनले बिहे गर्ने निर्णय लिएको तर आन्तरिक कुरा मिल्न बाँकी रहेकोले सबैकुरा सार्वजनिक नगर्ने कुरा रातोपाटीलाई बताएका थिए ।







