Comments Add Comment

Advertisment

SKIP THIS

काठमाडौँबाट नगद ४ लाख सहित जुवातास खेलिरहेका १६ जना पक्राउ

१७ मंसिर , काठमाडौं । काठमाडौँमा जुवातास खेलिरहेको अवस्थामा १६ जना पक्राउ परेका छन् । काठमाडौं महानगरपालिका-३ बस्ने राजु थापाको घरमा जुवातास खेलिरहेको अवस्थामा सोही महानगरपालिका-३ बस्ने ४१ वर्षीय भुवनलाल श्रेष्ठ समेत १६ जनालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको हो ।

विशेष सूचनाको आधारमा प्रहरी वृत्त महाराजगंजबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ४ लाख ४३ हजार रूपैयाँसहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै