Comments Add Comment

Advertisment

SKIP THIS

सडकपेटी खाली गराउन डोजर लिएर निस्किए इनरुवाका मेयर

२० मंसिर , काठमाडौँ । इनरुवा नगरपालिकाले आजबाट अतिक्रमित सडकपेटी खाली गराउन सुरु गरेको छ ।

पटक पटकको सार्वजनिक सूचना अटेर गरेको भन्दै नगरप्रमुख केदार भण्डारीसहितको टोली आजबाट अतिक्रमित सडकपेटी खाली गर्न डोजर लिएर सडकमा निस्किएको हो ।

यसअघि ३५ दिने र अन्तिम पटकको ३ दिने सूचना जारी गर्दासमेत सडकपेटी खाली नगरेपछि डोजर लिएर एक्सनमा उत्रिनुपरेको नगर प्रमुख भण्डारीले बताए ।

व्यापारी र केही स्थानीयको अवरोधका बीच नगरपालिकाको टोलीले अतिक्रमित सडकपेटी र सडकमा बनाइएका टहरा हटाउन थालेको छ ।

नगर सफा राख्ने कार्यमा नगरवासीको साथको अपेक्षा गरेको पनि नगरपालिकाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै