Comments Add Comment

Advertisment

SKIP THIS

महाकाली नदी नेपाल-भारतको सीमा हो, एकलौटी संरचना बनाउन नमिल्ने

२० मंसिर , काठमाडौँ । नेकपा एमालेले महाकाली नदीमा भारतले एकलौटी रुपमा अगाडि बढाएको कामलाई रोक्न सरकारसँग माग गरेको छ ।

एमाले विदेश विभाग प्रमुख राजन भट्टराईले महाकाली नदी नेपाल र भारतको सीमा भएकाले भारतले नेपालाई असर पर्ने गरी एकपक्षीय रुपमा संरचना बनाउन नमिल्ने बताएका छन् ।

‘महाकाली नदी सीमा नदी हो । सिमानामा बनाउने संरचनाले अर्कातिर असर गर्छ भने एकपक्षीय रुपमा बनाउन मिल्दैन’, उनले फेसबुकमा लेखेका छन्, ‘नदीको धार नै परिवर्तन हुने गरी महाकालीमा जे भइरहेको छ यो तत्काल रोकी यस मामलामा द्विपक्षीय वार्ता गरी सहमति खोजियोस् । यो मामला संघीय सरकारको भएकोले केन्द्रबाट नै पहल हुनुपर्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै