Comments Add Comment

Advertisment

SKIP THIS

‘अध्यादेश ल्याइनु अहिलेको आवश्यकता’

२६ मंसिर , काठमाडौँ । सरकारले हिंसात्मक क्रियाकलापमा संलग्न राजनीतिक दल तथा समूहलाई शान्तिपूर्ण राजनीतिमा ल्याउने उद्देश्यका साथ अध्यादेश ल्याइएको बताएको छ ।

सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले अहिलेको आवश्यकता र हिंसात्मक क्रियाकलापमा संलग्नलाई ध्यानमा राखेर फौजदारी अपराध कार्यविधि संशोधन अध्यादेश ल्याएको बताएका हुन् ।

हत्या अभियोगमा जेलमा रहेका रेशम चौधरीसहितका व्यक्तिलाई आममाफी दिनेगरी सरकारले अध्यादेश ल्याउने निर्णय गरेपछि कांग्रेसकै नेताहरुले विरोध गरिरहेका छन् ।

सोमबार पत्रकारहरुसँग कुरा गर्दै प्रवक्ता कार्कीले मुलुकको राजनीतिक प्रणालीसँग असहमत रही हिंसात्मक क्रियाकलापमा संलग्न राजनीतिक दल वा समूहलाई शान्तिपूर्ण राजनीतिको मुलधारमा ल्याउने उद्देश्यका साथ सो अध्यादेश ल्याउने निर्णय गरिएको प्रस्टीकरण दिएका हुन् ।

उनले योभन्दा अघिका सरकारले पनि यस किसिमका अध्यादेश जारी गरेको र यस किसिमले माफी दिने सहमति गरेको बताए । मुलुकको विकास तथा आन्तरिक एकतामा सबैलाई योगदान गर्न सहज वातावरण बनाउने उदेश्यसहित अध्यादेश राष्ट्रपतिसमक्ष पेश गरिएको उनको भनाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै