Comments Add Comment

Advertisment

SKIP THIS

मापसे गरी श्रीमतीले कुटपिट गर्दा श्रीमानको मृत्यु

२९ मंसिर , काठमाडौँ । तनहुँ जिल्लाको शुक्लागण्डकी नगरपालिकामा श्रीमतीले मादक पदार्थ सेवन गरी कुटपिठ गर्दा श्रीमानको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय तनहुँका अनुसार बुधबार साँझ ९ः३० बजे पोखरा महानगरपालिकाको सिसुवा स्थायी घर भई हाल जिल्ला तनहुँ शुक्लागण्डकी नगरपालिका ४ प्रगति टोलमा डेरा गरी बस्ने ४० वर्षीय मन बहादुर नेपालीलाई श्रीमतीले ढुङ्गाले टाउकोमा हानी हत्या गरेकी हुन् ।

३६ वर्षीय श्रीमती सुशीला बिकले मादक पदार्थ सेवन गरी घरायसी कुराहरुमा विवाद हुदाँ ढुङ्गाले श्रीमानको टाउकोमा प्रहार गरी गम्भिर घाईते बनाएकोमा उनको उपचारको क्रममा ११ बजे जिपी कोइराला राष्ट्रिय श्वास प्रश्वास उपचार केन्द्र तनहुँमा मृत्यु भएको हो । घटनामा संलग्न सुशीला बिकलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै