Comments Add Comment

Advertisment

SKIP THIS

गुठी संस्थानका कर्मचारीमाथि एमाले नेताद्वारा हातपात

२९ मंसिर , काठमाडौँ । गुठी संस्थान जनकपुरधामका कर्मचारी अमिनप्रभात चन्द्र पोखरेलमाथि नेकपा एमालेका नगर कमिटी अध्यक्ष सुरेन्द्र भण्डारीले हातपात गरेका छन् । अध्यक्ष भण्डारीले बिहीबार पोखरेलमाथि कार्यकक्षमै हातपात गरेका हुन् ।

टेण्डर दर्ता नगर्न दबाब दिँदै एमाले नेता भण्डारीले आफूमाथि कुटपिट गरेको अमिन पोखरेलले बताए । धनुषाको क्षीरेश्वरनाथ नगरपालिका–३ बस्ने संजयकुमार मण्डलले टेण्डरका लागि आफ्नो टेबलमा फाइल राखेकोले आफूले त्यसलाई दर्ता गर्नलाग्दा एक्कासी आएर भण्डारीले आफूमाथि हातपात गरेको उनले बताए ।

टेण्डर दर्ता गर्न आएका मण्डलले आफू समयमै गुठी संस्थानमा आएर कर्मचारीको जिम्मामा फाइल छोडिसकेको दाबी गरे । उनले अमिन पोखरेलले दर्ता गरिसकेको अवस्थामा बिचमै आएर बखेडा निकाल्दै नेता भण्डारीले दादागिरी देखाउँदै हातपात भएको बताए ।

तर, भण्डारीले भने आफूले कर्मचारीमाथि हातपात नगरेको दाबी गरेका छन् । उनले आफूले पोखरेललाई समय अवधिभित्रै टेण्डर दर्ता गर्न आग्रह मात्र गरेको दावी गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै