Comments Add Comment

Advertisment

SKIP THIS

विवाहपछि फिल्ममा फर्किए सलोन

५ पुष , काठमाडौं । गत मंसिर १२ गते एयर होस्टेस करिश्मा केसीसँग विवाह गरेका अभिनेता सलोन बस्नेत फिल्ममा फर्किएका छन् । बुबा शोभित बस्नेतले बनाउन लागेको फिल्म ‘जय हो’ मार्फत उनी फिल्मी काममा फर्किएका हुन् । ‘जय हो’ को विभिन्न काममा सलोन जुटिरहेको निर्माता शोभितले बताए । बस्नेतले फिल्मको निर्देशकमा टेक पौरखी राईलाई भित्र्याएका छन् । टेकले यसअघि फिल्म ‘मिलन’ बनाएका थिए ।

माघ अन्तिम सातादेखि छायांकनमा निस्कने फिल्मलाई काठमाडौँ, पोखरा, मुस्ताङ र अस्ट्रेलियामा खिचिनेछ । सुरेश न्यौपानेको कथा रहेको फिल्ममा अहिलेसम्म सलोन मात्र फाइनल भएका छन् । अन्य कलाकार र मुख्य अभिनेत्रीको छिट्टै टुंगो लगाउने तयारीमा निर्माण युनिट जुटेको छ ।

सलोन सलिना फिल्मस्को ब्यानरमा निर्माण हुन लागेको ‘जय हो’ मा राज के अधिकारी र सुरज सरकार निर्मातामा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Young Voices, Green Choices: Kamal Pokhrel Ignites Earth Day Action in Chandragiri Ward-13

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै