Comments Add Comment

Advertisment

SKIP THIS

उपत्यका ट्राफिक प्रहरीद्वारा अत्याधिक धूवाँ फाल्ने २२ वटा सवारी साधनका चालकलाई कारबाही 

काठमाडौंको सोह्रखुट्टेमा अत्याधिक धूवाँ फाल्ने २२ वटा सवारी साधनका चालकलाई कारबाही गरिएको छ । अत्याधिक धूवाँ फाल्ने भाडाका बस, माइक्रो, ट्याक्सी र निजी चारपाङग्रे गरी २२ सवारी साधन कारबाहीमा परेको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र प्रसाद भट्टले जानकारी दिए ।

एसएपी राजेन्द्र प्रसाद भट्टका अनुसार यातायात व्यवस्था विभाग मिनभवन, वातावरण विभाग बबरमहल तथा काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयबाट संयुक्त रूपमा खटिएको टोलीले बुधवार बिहान सोह्रखुट्टेमा ४० सवारी साधनलाई चेक गर्दा २२ वटा कारबाहीमा परेका हुन् । कारबाही गरिएका सवारी साधनलाई आजै वातावरण विभाग बबरमहल पठाइएको छ ।सवारी साधन मर्मत पश्चात् तोकिएको जरिवाना तिरी ट्राफिक प्रहरीले नियन्त्रणमा लिएका कागजपत्र फिर्ता दिइने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै