Comments Add Comment

Advertisment

SKIP THIS

मधेशको मुख्यमन्त्रीमा जनमत पार्टीको दावी

७ पुष , काठमाडौं । सिके राउत नेतृत्वको जनमत पार्टीले मधेश प्रदेशको मुख्यमन्त्रीमा दावी गरेको छ ।

सांसदको शपथ खान संघीय संसद भवन पुगेका पार्टी अध्यक्ष राउतले मधेस प्रदेशको मुख्यमन्त्री आफुले पाउनुपर्ने बताएका हुन् । उनले भने, ‘मधेश प्रदेशको मुख्यमन्त्री पाउनुपर्छ । हामी सरकारमा जान तयार छौं ।’

उनले आफ्नो पार्टी सरकार, सदन र सडक तीनवटै मोर्चामा रहेर संघर्ष गर्ने समेत बताए । प्रतिनिधिसभामा १ सिट जितेको जनमत पार्टीले यसअघि नै सरकारमा जाने निर्णय गरिसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै