Comments Add Comment

Advertisment

SKIP THIS

प्रचण्ड र नारायणकाजी संसदीय दलको नेता

७ पुष , काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ संसदीय दलको नेता हुने भएका छन् ।

पार्टी कार्यायल पेरिसडाँडामा बसेको पदाधिकारी बैठकले अध्यक्ष प्रचण्डलाई दलको नेता बनाउने निर्णय गरेको छ । त्यसैगरी, माओवादीले नेता हितराज पाण्डेलाई प्रमुख सचेतक बनाउने भएको छ ।

संसदीय दलको उपनेतामा भने सहमति जुटेको छैन । उपमहासचिव द्वय वर्षमान पुन र जनार्दन शर्माले उपनेता दाबी गरेका छन् ।

पदाधिकारी बैठकको निर्णयअनुसार केही बेरमा बस्ने संसदीय दलको बैठकले दलको नेता चयन गर्नेछ ।

पदाधिकारी बैठकले वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठलाई राष्ट्रियसभा संसदीय दलको नेता चयन गर्ने निर्णय गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै