Comments Add Comment

Advertisment

SKIP THIS

शपथ लगत्तै प्रचण्ड व्यस्त : तीन वटा कार्यक्रमपछि सिंहदरबार जाने

११ पुष , काठमाडौ । राष्ट्रपति विद्यादेवी भण्डारीबाट पद तथा गोपनीयताको शपथ लिएसँगै प्रधानमन्त्री प्रचण्ड व्यस्त बनेका छन् ।

उनी कीर्तिपुरस्थित पुष्पलाल स्मृति पार्कमा रहेको पुष्पलालको सालिकमा माल्यार्पण गर्न पुगेका छन् । यसपछि उनी पेरिसडाडास्थित पार्टी कार्यालयमा रहेको सहिद तथा वेपत्ता स्मृती स्तम्भमा माल्यार्पण गर्न जाने कार्यक्रम रहेको प्रचण्डको सचिवालयले जनाएको छ ।

यसअघि प्रचण्ड लैनचौरस्थित सहित स्मृति पार्कमा पनि सहिदहरुलाई श्रद्धाञ्जली गर्न पुगेका थिए । प्रचण्ड पेरिसडाँडाबाट सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पुगेर पदभार ग्रहण गर्ने कार्यक्रम छ । त्यसपछि उनी मन्त्रीपरिषदको पहिलो बैठकमा सहभागी हुनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment