Comments Add Comment

Advertisment

SKIP THIS

४ थान नक्कली नेपाली नोट सहित पक्राउ

१४ पुष , काठमाडौं । तारकेश्वर नगरपालिका-४ बाट १ हजार दरको ४ थान नक्कली नोट सहित बारा आदर्श कोटवाल गाउँपालिका-५ घर भई काठमाडौं तार्केश्वर नगरपालिका-४ रातोपुल बस्ने पप्पु भन्ने ४९ वर्षीय शेख निसम अख्तरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

काठमाडौं तारकेश्वर सानोपुल एरियाको आसपासमा विभिन्न व्यक्तिहरुले नेपाली खोटा मुद्रा बनाई सद्दे सरह चल्तीमा ल्याई कारोबार गर्ने गरेको भन्ने सूचनाको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उनलाई उक्त नक्कली नोट सहित फेला पारी पक्राउ गरेको हो ।

उनीलाई मुद्रा सम्बन्धी कसूरमा थप अनुसन्धानका लागि प्रहरी वृत्त बालाजु काठमाडौं पठाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै