Comments Add Comment

Advertisment

SKIP THIS

सन्दीपको पुनरावेदनमाथि आज सुनुवाइ

२१ पुष , काठमाडौं । बलात्कार मुद्धाको आरोपमा पूर्पक्षका लागि आफूलाई थुनामा पठाउने जिल्ला अदालतको आदेशविरुद्ध सन्दीप लामिछानेले गरेको पुनरावेदनको सुनुवाइको आज पेशी तोकिएको छ । पाटन उच्च अदालतमा दर्ता गरिएको पुनरावेदनको सुनुवाइका लागि पेशी तोकिएको हो ।

यसअघि दुई पटक पेशी तोकिएर पनि सन्दीपका कानुन व्यवसायीले स्थगित गरेका थिए । २० असोजमा पक्राउ परेका सन्दीपलाई काठमाडौं जिल्ला अदालतले फैसला नहुँदासम्म थुनामा पठाउने आदेश गरेको थियो । सन्दीपले थुना बाहिर रहेर मुद्दा लड्न पाउनुपर्ने माग गरेका छन् । सन्दीपविरुद्ध एक किशोरीले बलात्कारको आरोप लगाएकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment