Comments Add Comment

Advertisment

SKIP THIS

सर्वाधिक कमाइ गर्ने फिल्मको सूचीमा ‘अवतार २’

२३ पुष , काठमाडौं । हलिउडको साइन्स फिक्सन फिल्म ‘अवतार २’ द वे अफ वाटर’ले विश्वभर १.५ बिलियन डलर कमाएको छ ।

यो कमाइसँगै फिल्मले विश्व फिल्म इतिहासमा दशौं सर्वाधिक कमाउने फिल्मको कीर्तिमान समेत रचेको छ । नेपालमा भने बिहीबारसम्म साढे ८ करोड रुपैयाँ कमाइ रहेको एप्पल इन्टरटेनमेन्टले जनाएको छ ।

सन् २०१९ मा ट्वेन्टिथ सेन्चुरी फक्सबाट अधिकार खरिद गरेको डिज्नीले अवतार २ निर्माण गर्न ३५० मिलियन डलर खर्च गरेको छ । निर्देशक क्यामरुनका अनुसार फिल्मले लगानी उठाउन पनि फिल्मले दुई बिलियन डलर कमाउनैपर्छ । साथै, क्यामरुनले फिल्मका थप तीन सिक्वेल निर्माणको घोषणा गरिसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै