Comments Add Comment

Advertisment

SKIP THIS

‘सिरियल किलर’ भारतीय नागरिक पक्राउ : एकल महिला छान्दै सुन र पैसा लुट्न तीन जनाको हत्या

२५ पुष , काठमाडौं । अर्घाखाँचीको शितगंगा नगरपालिका-१० बहखोरकी राधा थापाको शव नजिकैको खोल्सामा फेला पर्‍यो। सानो होटल चलाएर बसेकी उनी सधैँ बिहानै दूध लिन निस्किन्थिन्।

पुस १७ गते नजिकैको डुम्रीपाटा गाउँमा दूध लिन गएकी उनी नफर्किएपछि खोजी गर्दा उनी दूध लिन जाने गाउँमै नपुगेको खुल्यो। स्थानीय र आफन्त मिलेर खोज्दा नजिकैको खोल्सीमा उनको शव फेला पर्‍यो।

त्यही दिन प्रहरीले भारतीय नागरिक २३ वर्षीय सुशान्त सिंहलाई पक्राउ गर्‍यो। उनको साथमा प्रहरीले थापाको सुनको गहना फेला पारेको थियो। मुन्द्रीबासको जङ्गलमा फेला परेका उनले

सुनको माडवारी, सिक्री लगायतका सुनका गहना लुट्न बिहान खोल्सामा लुकेर बसेर हँसिया र ढुङ्गाले हानेर हत्या गरेको खुलेपछि उनी प्रहरी हिरासतमा पुगे।

सामान्य लुटेरा होला भनेर प्रहरीले सुरु गरेको अनुसन्धानको नतिजा भने अर्कै निस्कियो। ती भारतीय युवा सामान्य लुटेरा हैन सिरियल किलर निस्किए। अनि मुख्य सहयोगी उनकै श्रीमती।

उनले अर्घाखाँचीमा मात्रै हैन उसै गरी गुल्मी र कपिलवस्तुमा समेत महिलाको हत्या गरिसकेको खुल्यो। तीनै जनाको हत्याको उद्देश्य लुटपाट थियो।

अनुसन्धानमा पुस १७ मा ६० वर्षीया थापा, गत कात्तिकमा गुल्मीको इस्मा गाउँपालिका-५ की ७५ वर्षीय जीवकला थापा र गत असोजमा कपिलवस्तुको विजयनगर गाउँपालिका-४ की ७० वर्षीय योगमाया गैरेको हत्या गरेको खुलेपछि प्रहरीले उनको श्रीमती शितगङ्गा-१० सिद्धाराकी २२ वर्षीय शिवा परियारलाई पक्राउ गरेर आइतबार सार्वजनिक गर्‍यो।

जिल्ला प्रहरी कार्यालयका प्रमुख मुकुन्दप्रसाद रिजालका अनुसार लुटपाट गर्न उनीहरूले एकल महिला छानेर हत्या गर्ने गरेका थिए।

इस्मा गाउँपालिका-५ दरिङ गुङ्गाकी ७४ वर्षकी जीवकला थापा आफ्नै घरमा मृत फेला परेकी थिइन्। उनलाई दुवै मिलेर घरमै हत्या गरेर उनको साथमा रहेको सुनका गहना र पैसा लुटेका थिए।

ताला लगाइएको घरभित्र थापाको शव भेटिएको थियो। अनुसन्धानमा कपिलवस्तुको विजयनगर गाउँपालिका-४ की ७० वर्षीय योगमाया गैरेको हत्यामा पनि उनीहरू नै संलग्न देखिए।

अनुसन्धानमा संलग्न प्रहरी अधिकारीका अनुसार उनीहरूले एकल महिला जो एक्लै बस्ने छानेर उनीहरूको दैनिकी निगरानी गरेर लुट्ने योजना बनाउने गरेका थिए।

लुट्ने मात्र उद्देश्य भए पनि उनीहरूले लुटेपछि हत्या नै गर्ने गरेका थिए। लुट्ने व्यक्ति छान्दा उनीहरूले सकेसम्म वृद्ध महिला छान्ने गरेका थिए।

दुई वटा हत्या र लुटपाटको घटनामा जोगिएपछि सुशान्त अर्घाखाँची गएर निगरानी गर्दा राधा थापा उनको नजरमा परिन्। एक्लै बस्ने अनि बिहान एक्लै दूध लिन जाने गरेको पत्ता लगाएपछि उनले हत्या योजना बनाएर।

बिहानै हत्या गरेर सुनको गहना लुटेर भाग्दै गर्दा स्थानीयको नजरमा परे। नियन्त्रणमा लिएर तलासी लिँदा थापाको सुनको गहना फेला परेपछि उनी पक्राउ परे। पक्राउ परे पनि उनले श्रीमती र अन्य हत्याबारे खुलाएका थिएनन्। प्रहरी अनुसन्धानमा सो खुलेपछि श्रीमती पनि पक्राउ परिन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Young Voices, Green Choices: Kamal Pokhrel Ignites Earth Day Action in Chandragiri Ward-13

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै