Comments Add Comment

Advertisment

SKIP THIS

प्रशिक्षक शास्त्री र कप्तान कोहली आजको टी-ट्वान्टी विश्वकपबाट खेल यात्राको विट मार्दै

२२ कात्तिक , काठमाडौ । भारतीय पुरुष राष्ट्रिय क्रिकेट टिमका मुख्य प्रशिक्षक रवि शास्त्री र कप्तान विराट कोहलीले आजको टी-ट्वान्टी विश्व कपबाट आफ्नो खेल यात्राको विट मार्दैछन् ।

आज हुने टी ट्वान्टी विश्वकप अन्तर्गत भारत र नामिबियाबीचको खेलपछि प्रशिक्षक शास्त्री र कप्तान कोहोलीको पनि विदाइ हुनेछ ।

प्रशिक्षक शास्त्रीले यो खेलसँगै आफ्नो कार्यकाल पनि पूरा गर्नेछन् । त्यस्तै कप्तान कोहलीले पनि यो खेलपछि सिमित ओभरको कप्तानी नगर्ने घोषणा गरिसकेका छन् ।

आजको खेलमा हार या जित निकाले पनि भारतको टी-ट्वान्टी विश्वकपको यात्रामा पूर्णविराम लागिसकेको छ । यद्यपि भारत नामिबियासँगको खेलमा जित निकाल्दै सुखद अन्त्य गर्न चाहन्छ ।

आजको खेलमा प्रतियोगिता भरी बेञ्चमा रहेको खेलाडिले पनि अवसर पाउनसक्ने अनुमान गरिएको छ । आइतबार न्यूजिल्याण्डले अफगानिस्तानमाथि सजह जित निकाल्दै सेमिफाइनलमा स्थान तय गरेपछि भारत प्रतियोगितबाट बाहिरिएको हो ।

यसअघि भारतले क्रिकेट इतिहासमा लामो समयपछि पाकिस्तानसँग हार बेहोरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै