Comments Add Comment

Advertisment

SKIP THIS

सन्दिप लामिछानेको मुद्धाको पेसी ९ माघमा

२९ पुष , काठमाडौं । उच्च अदालतको आदेशमा शुक्रबार रिहा भएका नेपाली क्रिकेटका पुर्व कप्तान सन्दीप लामिछानेको मुद्दाको पेसी माघ ९ गतेलाई तोकिएको छ।

क्रिकेटर लामिछाने माथि लागेको वालिका बलात्कारसम्बन्धी मुद्दाको अन्तिम छिनोफानो अघि बढाउन जिल्ला अदालत काठमाडौंले ९ माघका लागि पेसी तोकि दिएको हो।

उक्त पेसीअनुसार मुद्दाको सुनुवाइ अघि बढेमा जिल्ला अदालत काठमाडौंले अन्तिम टुंगो लगाउनका लागि प्रक्रिया अघि बढाउने छ।

जिल्ला अदालतले उनलाई थुनामै बसेर मुद्दा लड्नुपर्ने आदेश सुनाए पनि सोको प्रतिवाद गर्दै उच्च अदालत गएका लामिछानेलाई थुनामुक्त भएर मुद्धा लडन बिहिवार आदेश दिएको थियो । सो आदेश लगत्तै शुक्रवार नै लामिछाने केन्द्रिय कारागरवाट रिहा भएका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै