१३ भदौ , काठमाडौ । काठमाडौं महानगरपालिकाले विशाल बजार भवनको नक्सा २४ घण्टाभित्रमा वडा कार्यालयमा पेश गर्न निर्देशन दिएको छ ।
महानगरले सोमबार विशाल बजारको अनुमगन गरेको थियो । सो क्रममा बेसमेन्टमा अनधिकृत पसल रहेको र भवनको समेत नक्सा नरहेको पाइएको थियो ।
त्यसपछि टोलीले तत्काल नक्सा लिएर वडा कार्यालयमा आउन निर्देशन दिएको हो ।



