Comments Add Comment

Advertisment

SKIP THIS

अमेरिकामा आँधीका कारण मृत्यु हुनेको सङ्ख्या १७ पुग्यो

३० पुष , काठमाडौं । अमेरिकाको क्यालिफोर्नियामा आँधीका कारण मृत्यु हुनेको सङ्ख्या १७ पुगेको छ ।

आँधीपछिको वर्षाबाट बाढी र पहिरो गएको र ठुलो भौतिक संरचनामा क्षति पुगेको जनाइएको छ । बाढीले सडक भत्किएका र पोलहरू ढलेका छन् ।

आँधीबाट दक्षिणी क्षेत्र सबैभन्दा बढी प्रभावित छ । त्यहाँबाट हजारौँ मानिसलाई उद्धार गरेर अन्यत्रै लगिएको छ । आँधी अरू केही दिनसम्म रहन सक्ने भन्दै यहाँको राज्य सरकारले सावधानी दर्साएको छ ।

सन् २०१८ को जनवरीमा आएको आँधीमा कम्तीमा २३ जनाको मृत्यु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै