Comments Add Comment

Advertisment

SKIP THIS

ड्युटीमा खटिएका प्रहरीले मोबाइल र सामाजिक सञ्जाल प्रयोग गर्न नपाउने

३० पुष , काठमाडौं । ड्युटीमा खटिँदा प्रहरीले मोबाइल चलाउन नपाउने भएका छन् । प्रहरी युनिफर्ममा मोबाइल तथा सामाजिक सञ्जालको प्रयोग भएको गुनासो बढेपछि प्रहरी प्रधान कार्यालयले यस्ता गतिविधिमा रोक लगाएको हो ।

”ड्युटीमा खटिँदा प्रहरी सतर्क रहनुपर्छ । तर मोबाइलमा कल गर्ने, च्याट गर्ने, गेम खेल्ने लगायतका गतिविधि गर्दा ड्युटी स्थलमा प्रहरीको ध्यान केन्द्रित हुँदैन,” केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक टेकप्रसाद राईले भने, ”यसकारण हामीले अत्यावश्यक अवस्थामा बाहेक मोबाइल प्रयोग नगर्नू भनेर निर्देशन दिएका छौं ।”

मोबाइल प्रयोग गर्नेपर्ने अवस्था आएमा सम्बन्धित इन्चार्ज वा कमान्डरको अनुमति लिनुपर्ने उनले बताए । ”हामीले सबै प्रहरीलाई वाकिटकी उपलब्ध गराउन सकेका छैनौं,” उनले भने, ”कुनै अवस्थामा सूचना संकलन एवं रिपोर्टिङका लागि मोबाइल उपयुक्त साधन हुन्छ । तर यसका लागि अनुमति लिनुपर्छ ।”

ड्युटीमा रहँदा टिकटक भिडिओ बनाउने प्रहरीलाई कारबाही गरिएको समेत उनले बताए । ”हामीले संगठनलाई चुस्त बनाउनुपर्छ । संगठनको आदेश विपरीत गतिविधि गर्ने प्रहरीलाई आन्तरिक कारबाही गर्छौं” उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै