Comments Add Comment

Advertisment

SKIP THIS

ब्राजिलका राष्ट्रपति लुलाले हटाए ४० सुरक्षाकर्मी

४ माघ , काठमाडौं । ब्राजिलका राष्ट्रपति लुइज इनासियो लुला दा सिल्भाले जनवरी ८ मा सरकारी भवनहरू तोडफोड गर्ने प्रदर्शनकारीहरू विरुद्ध कारबाही गर्न असफल भएकोमा राष्ट्रपति निवासको सुरक्षामा खटिएका ४० सुरक्षाकर्मी हटाएका छन् ।

उनको निर्णय मंगलबार सरकारी राजपत्रमा प्रकाशित भएको हो । राष्ट्रपतिको निवास अल्भोराडा दरबारको सुरक्षा गर्ने सेनामध्ये केही नौसेना, वायुसेना र सैन्यीकृत पुलिस बलका सदस्यहरू पनि छन् ।

दक्षिणपन्थी पूर्वराष्ट्रपति जैर बोल्सोनारोका समर्थकहरूको भीडले ब्राजिलियामा संसद, सर्वोच्च अदालत र संसदमा हमला गरेका थिए । उक्त हमलाबारे प्रहरीले छानबिन गरेको छ । छानविनमा पूर्वराष्ट्रपति बोल्सोनारो र पूर्व न्यायमन्त्री पनि छानविनमा तानिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै