Comments Add Comment

Advertisment

SKIP THIS

सन्दीपको मुद्धा न्यायाधीश हरिप्रसाद फुँयालको इजलासमा

२० माघ , काठमाडौ । क्रिकेटर सन्दीप लामिछानेको मुद्दामा आज सर्वोच्च अदालतमा सुनुवाइ हुँदैछ । महान्यायाधिवक्ताको कार्यालयले सन्दीपलाई थुनामै राख्न माग गर्दै १७ माघमा सर्वोच्च अदालतमा दिएको निवेदनमाथि आज सुनुवाइ हुन लागेको हो ।

लामिछानेको मुद्दा न्यायाधीश हरि प्रसाद फुँयालको इजलासमा परेको छ । महान्यायाधिवक्ताको कार्यालयले फौजदारी कार्यबिधि संहिता–२०७४ को दफा ७३ अनुसार बेरितको आदेश बदर गर्न माग गरेको छ । यसअघि उच्च सरकारी वकिलको कार्यालयले सर्वोच्चमा जानुपर्ने राय महान्यायाधिवक्ताको कार्यालयलाई दिएको थियो ।

गत २९ पुसमा लामिछाने २० लाख रुपैयाँ धरौटी बुझाएर रिहा भएका थिए । उच्च अदालत पाटनका न्यायाधीश न्यायाधीश ध्रुवराज नन्द र रमेश ढकालले शर्त सहित उनलाई रिहा गर्न आदेश दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment