Comments Add Comment

Advertisment

SKIP THIS

नेपाली नक्कली नोटसहित ३ जना नेपालगन्ज वडा नं २ बाट पक्राउ

४ फागुन, काठमाडौं । प्रहरीले नक्कली एक हजारको नेपाली नोटसहित तीन जनालाई बाँके वडा नं २ बाट पक्राउ पक्राउ गरेको छ।

जिल्ला प्रहरी प्रवक्ता डिएसपी रामप्रसाद घर्तीका अनुसार पाँच लाख ६९ हजार नक्कली एक हजार दरका नोटसहित तीन युवालाई पक्राउ गरिएको हो।

पक्राउ पर्नेमा बाँकेको कोहलपुर नगरपालिका वडा नं. ११ का ३३ वर्षीय मोहन कुमाई, अछामको वडा नं. ३ का ३६ वर्षीय दीपक बिसी र सल्यानको बनगाँड कुपेन्डे नगरपालिका वडा नं. ३० का मोहन राना छन्।

गोप्य सूचनाका आधारमा आशंका लागि चेकजाँच गर्ने क्रममा उनीहरुको साथबाट साढे ५ लाख ६९ हजार नेपाली एक हजारको नक्कली नोटहरु बरामद भएको प्रवक्ता घर्तीले बताए।

पक्राउ परेका तीनै जनालाई जिल्ला प्रहरी कार्यालय बाँकेको प्रहरी हिरासतमा राखेर आवश्यक अनुसन्धान भइरहेको प्रवक्ता घर्तीले जानकारी दिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै